१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


पहिरोले लघुजलविद्युत् आयोजना पुर्‍यो, १९० घरधुरी अँध्यारोमा (फोटोफिचर)


0
Shares

नवीनराज कुइँकेल (इमेज)
लमजुङ, असार २२ । अविरल वर्षासँगै मंगलबारदेखि लगातार आएको पहिरोले पुर्दा लमजुङको बाँझाखेतस्थित २० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना अवरुद्ध बनेको छ ।

पहिरोले पावरहाउसमा क्षति पुर्‍याएपछि साँधखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुन सकेको छैन ।

५० मिटर माथिबाट खसेको पहिरोले पावरहाउसका इन्जिनहरु बिग्रिएका छन ।

विद्युत् उत्पादन हुन नसक्दा बाँझाखेत गाविस वडा नम्बर–४ र ५ का १ सय ९० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।

पहिरो निरन्तर आइरहेकोले ठूला–ठूला ढुंगाहरु खस्ने अवस्थामा रहेको स्थानीयले बताएका छन् ।

पहिरोले साँधखोलास्थित फड्के बगाएपछि साँधु र खाँचेका बासिन्दाको आवत–जावत ठप्प बनेको छ ।