३० असार २०८२, सोमबार | Mon Jul 14 2025


श्रीलंकामा शृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्तका बाबु र भाई मारिए


0
Shares

काठमाडौं । श्रीलंकामा यही वैशाख ८ गते भएको शृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्त जहरान हासिमका बाबु र दुईजना भाईको सुरक्षा कारबाहीमा मृत्यु भएको छ ।

सुरक्षा बलका अधिकारीहरुले हासिमकी आमाको समेत मृत्यु भएको जनाएका छन् । हासिमको शहर कट्टनकुडीमा सुरक्षा बलले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको थियो ।

कारबाहीका लागि हासिमको घरमा पुगेको सुरक्षाकर्मीको टोलीमाथि बन्दुकधारीले हमला गरेका थिए ।

घटनामा तीन जनाले आफूलाई स्वयम् बमले उठाएको अधिकारीहरुले जनाएका छन् । हासिमका बाबु र भाई आफैंले गराएको विस्फोटमा मारिएका हुन् ।

श्रीलंका सरकारले हासिमको पनि कोलम्बोस्थित एक होटलमा आत्मघाती हमलामा मृत्यु भएको जनाएको छ ।

उनी इस्लामिक ग्रुप नेसनल तौहिद जमानका नेतासमेत हुन् । सरकारले अहिले सो संगठनलाई प्रतिबन्ध लगाइदिएको छ ।

प्रहरीले कट्टनकुडीको पूर्वी क्षेत्रस्थित समूहको मुख्यालयमा छापा मारेको जनाएको छ ।

श्रीलंकामा वैशाख ८ गते भएको हमलामा होटल र चर्चलाई निशाना बनाइएको थियो । त्यस क्रममा कम्तिमा २ सय ५० जनाको मृत्यु भएको थियो ।(एजेन्सी)