Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


भोटेकोसीको बाढीबाट विस्थापितलाई हेलिकोप्टरबाट बाह्रबिसे ल्याउने तयारी


0
Shares

सिन्धुपाल्चोक, असार २४ । भोटेकोसीको बाढीबाट विस्थापित भएका तातोपानी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा लैजाने पहल भइरहेको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई बाह्रबिसे ल्याउने तयारी भइरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए ।

शुक्रबार दिउँसो सेनाको हेलिकोप्टर तातोपानी गएपनि खराब मौसमका कारण ‘ल्यान्ड’ हुन नसकेपछि चौतारामा फर्केको थियो ।

भोटेकोसीको बाढीले घर–टहरा भत्काएपछि चार दिनदेखि यहाँका बासिन्दाहरु कोदारीमा रहेको चौकीडाँडामा गएर बसेका छन् ।