१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


हेल्लो सरकारलाई प्रश्न–बाबा तपाईँ कहिले आउनुहुन्छ ?


0
Shares

काठमाडौं, असार २५ । प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ ।

हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ले कर्मचारीहरु भने हैरान भएका छन् ।

एकाइका उपसचिव प्रधुम्न उपाध्यायले भने,‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन्। जसले हाम्रा कर्मचारीको समय बर्बाद भएको छ ।’ उनका अनुसार धेरैजसो फोन बच्चाको आउने गरेको छ ।

कर्मचारीले रिसिभ गर्दा उनीहरुले सोध्छन्,‘बाबा तपाई कहिले आउनुहुन्छरु’ उपसचिव उपाध्यायको अनुमानमा बच्चाहरुले बाबुसँग गफ गर्न खोजेका तिनका आमाहरुले हेल्लो सरकारमा फोन लगाएर बच्चालाई दिन्छन् ।

धेरै मध्ये यस्ता बच्चाका बाबु विदेश रहेको अनुमान गर्न सकिन्छ। एकाईले बारम्बार ‘ब्लफकल’ गर्नेलाई कारबाही गर्नेबारे सोचे पनि व्यवहारिक रुपमा सम्भव नहुने भएपछि त्यसबारे केही निर्णय गरेको छैन ।
कान्तिपुर दैनिकबाट