
काभ्रे, असार २५ । काभ्रेको स्यामपाती प्रहरी चौकीमा कार्यरत प्रहरी जवान जगत बैठा आफूले बोकेको राईफल पड्किँदा घाईते भएका छन् ।
प्रहरी जवान बैठाको तिग्रामा गोली लागेको छ । उनको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बन्दुक आफै पड्किएको हो या पड्काइएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्