१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


भोटेकोसीले नेपाल–चीन सीमा क्षेत्रका थप १५ घर बगायो


0
Shares

सिन्धुपाल्चोक, असार २५ । सिन्धुपाल्चोकको भोटेकोसी नदीले नेपाल–चीन सीमा क्षेत्रका थप १५ घर बगाएको छ ।

सीमाको लिपिङ बजारमा रहेका नदी छेउका घर बगाएको प्रहरीले जानकारी दिएको छ । असार २१ गते भोटेकोसीमा आएको भीषण बाढीले लिपिङ र तातोपानी आसपासका २५ घर बगाएको थियो ।

भोटकोसीले नदीको वहाब परिर्वतन गरेपछि आसपासका घर कटान गर्दै लैजान थालेको छ । यसैबीच सीमा क्षेत्रमा विस्थापित भएर बसेका स्थानीयको उद्धार कार्य जारी छ ।