१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


सतीप्रथालाई सम्झिँदाः असार २५ अर्थात् सतीप्रथा उन्मूलन भएको दिन (भिडियो रिपोर्ट)


0
Shares

सन्जीब बगाले/दिलिप पोखरेल (इमेज)
काठमाडौं, असार २५ । आज असार २५ गते अर्थात् सतीप्रथा उन्मूलन भएको दिन ।

पतिको निधनपछि पत्नीले पनि जलेर मर्नुपर्ने आततायी व्यवस्थालाई सतीप्रथा भनिन्छ ।

कुनैबेला यो क्रूरप्रथा नेपालमै थियो । वि.सं. १९७७ साल असार २५ गतेदेखि यो प्रथाको अन्त्य गरिएको थियो ।

सुन्दा पनि कहालीलाग्ने यो प्रथा वर्षौंसम्म हिन्दूनारीले कसरी भोगे होलान ?

इतिहासका पानामा हामी धेरैले पढेका छौं, सतीप्रथा के हो र कसरी अन्त्य भयो भन्ने ।

साहित्यकार कृष्ण धारावासीले लेखेको उपन्यास ‘झोला’लाई चलचित्र बनाएपछि भने यसले अझै चर्चा पाएको थियो ।

सतीप्रथा रहँदासम्म महिलाको जिन्दगी उनको श्रीमान्को आयुसँग जोडिएको थियो ।

एकातिर बालविवाह, बहुविवाह अनि अर्कोतिर पतिको मृत्यु हुँदा पतिसँगै जल्नुपर्ने बाध्यता । न त गर्भवती भन्न पाउने, न त सानो उमेर नै ।

साँच्चै भन्नुपर्दा सतीप्रथा एउटा नारकीय प्रथा थियो । यसको अन्त्य नहुँदासम्म महिलाको जिन्दगी, जिन्दगी जस्तो थिएनभन्दा पनि हुन्छ ।

यो प्रथा कहिलेदेखि सुरु भयो भन्ने कुनै आधार त छैन, जे होस् यो प्रथा हजारौं वर्षसम्म चलिरह्यो ।

राणा प्रधानमन्त्री जंगबहादुर राणाले यो प्रथाको अन्त्य गर्न प्रयास गरेका थिए । तर, उनले पूर्णरुपमा हटाउन सकेनन् ।

जंगबहादुरका ४२ जना रानी उनको मृत्युपछि सती गएका थिए भनिन्छ । राणा शासनकाललाई तानशाही व्यवस्थाकोरुपमा व्याख्या गरिन्छ ।

तर, यो शासन व्यवस्थामा सतीप्रथा हटाउने क्रान्तिकारी र साहसिक निर्णय भएका छन् । जुन निर्णय गरेको श्रेय राणा प्रधानमन्त्री चन्द्र शम्सेरलाई जान्छ ।

उनले १९७७ साल असार २५ गते सतीप्रथा हटाउने निर्णय गरेका थिए । सतीप्रथाको अन्त्यदेखि अहिलेसम्म आइपुग्दा नेपाली महिलाको अवस्था धेरै उचाइमा पुगेको एमाले सांसद सीता गिरी ओलीको भनाइ छ ।

सतीप्रथाको अन्त्य भएपछिमात्रै महिलाले आफ्नो जिन्दगी पाएको राप्रपा नेपालकी सांसद एवं स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीको तर्क छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्