
काठमाडौं, असार २९ । नयाँ सरकारको नेतृत्व गर्न एमालेले गरेको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेको छ ।
माओवादी केन्द्रले केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको थियो ।
तर एमालेले ढिला गरी प्रस्ताव ल्याएको भन्दै कांग्रेसले त्यसलाई अस्वीकार गरेको हो । कांग्रेस केन्द्रीय समितिको बैठकपछि सभापति शेरबहादुर देउवाले एमालेले ढिला गरी प्रस्ताव ल्याएको बताए ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत एमालेले ल्याएको प्रस्तावका बारेमा सामान्य छलफल भएको थियो ।
तर माओवादी केन्द्रसँग लिखित सहमति गरिसकेकाले तत्काल त्यो सहमति तोड्न नहुने पक्षमा अधिकांश सदस्य देखिएपछि प्रधानमन्त्री बन्न देउवालाई गरेको प्रस्ताव अस्वीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्