३० असार २०८२, सोमबार | Mon Jul 14 2025


यहुदीहरुको प्रार्थनास्थलमा अन्धाधुन्ध गोली प्रहार, महिलाको मृत्यु


0
Shares

क्यालिफोर्निया, वैशाख १५ । अमेरिकाको क्यालिफोर्नियास्थित यहुदीहरुको प्रार्थनास्थल (सिनेगग)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

सान डियागो शहरको उत्तरमा पर्ने पोवेस्थित यहुदीहरुको आराधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध गोली गोली प्रहार गरेका हुन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा १९ वर्षका एक युवकलाई पक्राउ गरेको छ ।

आराधनास्थलमा पासओभर सेलिब्रेसन भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । प्रहरीले आक्रमणको कारण थाहा नभएको जनाएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणाका कारण उब्जिएको अपराध’ भनेका छन् । (एजेन्सी)