
भारत । लामो समयदेखि अस्पतालमा उपचार गराई रहनु भएका तिब्बतका धार्मिक नेता दलाई लामा निको भएर धर्मशाला फर्किएका छन् ।
नयाँ जिल्लीस्थीत एउटा नीजि अस्पतालमा भर्ना भएका लामा शुक्रबार आफ्नै निवासमा फर्किएको उनका सहयोगीहरुले जनाएका छन् ।
छातीमा संक्रमण भएर असहज महशुष गरेपछि यही अप्रिल ७ तारिखका दिन उनलाई अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालबाट बाहिने क्रममा उनले संचारकर्मीसँग भने, “म पूर्ण रुपमा स्वस्थ भएको छु, मलाई अव कुनै रोगको समस्या छैन, विरामी हुन केही समस्या भएको थियो, तर अहिले पुरै स्वस्थ भएको छु ।”
सन् १९८९ मा नोवेल शान्ति पुरस्कार पाएका लामा लामो समयदेखि भारतमा बस्दै आएका छन् । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्