२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सत्ता लम्ब्याउने पक्ष छैनौं तर स्पष्ट जवाफ माग्छौं : सचिब ज्ञावली


0
Shares

काठमाडौं, साउन १ । नेकपा एमालेका सचिव प्रदीप ज्ञावलीले एमाले कानुनी उल्झन देखाएर सत्ता लम्ब्याउने पक्षमा नरहेको तर संसदसँग सरकार विघटनको स्पष्ट जवाफ माग्ने तयारी गरिरहेको बताएका छन् ।

प्रेस चौतारीले आज राजधानीमा गरेको अन्तरसंबादमा उनले प्रधानमन्त्रीले राजीनामा नदिने र अविश्वासको प्रस्तावको सामना गर्ने स्पष्ट पारे ।

उनले संसदमा बिचाराधीन मुद्दालाई पन्छाएर अविश्वासको प्रस्तावलाई प्राथमिकता दिने कार्यले सभामुखलाई समेत विवादित बनाएको बताए ।

सचिव ज्ञवालीले सरकार अल्पमतमा परेको भन्ने भनाईमा कुनै आधार नरहेको टिप्पणी गर्दै संसदले मात्रै त्यसलाई प्रमाणित गर्ने बताए ।