१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


इलामलाई उपमहानगर बनाउन प्रस्ताव


0
Shares

इलाम, ६ साउन । नेपाली काँग्रेस इलाम नगर समितिले इलाम नगरपालिकाको क्षेत्र विस्तार गरेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरेको छ ।

नगर समितिको बुधबार बसेको बैठकले हालको इलाम नगरपालिकासँग उत्तरी क्षेत्रका आठ गाविस मिलाएर उपमहानगरपालिका बनाउन काँग्रेसले प्रस्ताव गरेको हो ।

इलाम नगरपालिका, बरबोटे, सुम्बेक, सुलुबुङ, माबु, माईमझुवा, माईपोखरी पुवामझुवा र साखेजुङ गाविसलाई समेटेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको नेकाँ नगर सभापति होम बस्नेतले बताए।

ती गाविस मिसाउँदा उपमहानगरपालिकाको जनसङ्ख्या ४९ हजार १४२ हुन्छ । भूगोल, जनसङ्ख्या, उपलब्ध स्रोत र साधन, सेवा प्रदायकको सुलभता, सामूदायिक बसोबासका आधारमा उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको काँग्रेसले जनाएको छ ।

स्थानीय निकायको पुनःसंरचनाको छलफल चलिरहेको बेला काँग्रेसले नयाँ प्रस्ताव ल्याएको हो । रासस