२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पहिरोले घर बगायो, एक बालिका बेपत्ता


0
Shares

प्यूठान, साउन ७ । अविरल वर्षासँगै आएको पहिरोले प्यूठानको फोप्ली गाविस–९ बागेसालमा दुई घर बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा ओविराम घर्तीकी १२ वर्षीया छोरी बालमती रहेकी छन् । पहिरोले ओविराम घर्ती र छमबहादुर घर्तीको घर बगाएको हो ।

घटनामा ओविराम, छमबहादुर र उनकी श्रीमती घाइते भएका छन् । अर्काे एउटा घर पनि पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

दुई दिनदेखिको अविरल वर्षाका कारण जिल्लाका अधिकांस सडकहरु पनि पहिरोले अवरुद्ध भएका छन् ।