२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सार्वजनिक सवारी साधनले ठगेमा एसएमएस गर्न ट्राफिक प्रहरीको आग्रह


0
Shares

काठमाडौं, साउन ९ । सार्वजनिक सवारी साधनले ठगेमा एसएमएस गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि एसएमएस सेवा र पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गरेको जानकारी गराउँदै उक्त आग्रह गरेको हो ।

सार्वजनिक सवारी साधनले बढी भाडा मागेमा, नियमानुसार छुट नदिएमा, ट्याक्सीहरु मिटरमा जान नमानेमा वा अन्य समस्या भएमा महाशाखाको मोबाइल नं ९८५१२९५१०० मा एसएमएस पठाउन सूचित गरेको छ ।

यात्रु ठग्ने सवारीसाधनमाथि तत्काल कारवाही हुने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा प्रत्येक बर्ष हजारौंको सख्ंयामा दुर्घटना हुने गरेको र यसमा पैदल यात्रुको उच्च संख्यामा मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै महाशाखाले विशेष पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गरेको पनि जनाएको छ ।