२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सिंहदरबारभित्रैबाट एक लाख रुपैयाँ, ल्यापटप चोरियो, के भन्छन् ‘पीडित’ उपसचिव ? (भिडियो)


0
Shares

काठमाडौं, साउन १२ । मुलुकको मुख्य प्रशासनिक भवन र देशकै सुरक्षित ठाउँ मानिने सिंहदरबारबाटसमेत चोरी भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जीवी तिम्सिनाको कार्यकक्षबाट बुधबार ल्यापटप, आइप्याड, चेकबुक र एक लाख रुपैयाँ नगद चोरी भएको हो ।

तिम्सिनाले आफू बैठकमा रहेकोबेला कार्यकक्षबाट सामानहरु चोरी भएको बताए ।

सिंहदरबारका अरु मन्त्रालयमा सीसी क्यामरा जडान गरिएपनि सो मन्त्रालयमा भने सीसी क्यामरा जडान गरिएको छैन ।

चोरी भएको जानकारी पाउनासाथ प्रहरीले मन्त्रालयका सबै कर्मचारी र गेटबाट बाहिरिनेहरुको शरीर र झोला खानतलासी गरेपनि बुधबार साँझसम्म चोरको पत्ता लाग्न सकेको छैन ।

भिडियो हेर्नुहोस्