२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


टीकापुर घटनाबारे एम्नेस्टीको प्रतिवेदनप्रति प्रहरीको असन्तुष्टि


0
Shares

                                                              फाइल फोटो
काठमाडौं, साउन १२ । कैलालीको टीकापुर घटनाबारे एम्नेस्टीले जारी गरेको प्रतिवेदनप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाएको छ ।

नेपाल प्रहरीले बुधबार विज्ञप्ति जारी गर्दै वरिष्ठ प्रहरी उपरीक्षकसहित ८जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको घटनामा पक्राउ परेकाहरुलाई मानसिक र शारीरिक याताना दिएको भन्ने प्रतिवेदन आधारहीन भएको बताएको हो ।

प्रतिवेदनमा दाबी गरिएजस्तो थुनुवाको मानवअधिकार हनन्मा कहीँ–कतै उल्लंघन नगरिएको पनि प्रहरीले जनाएको छ ।