२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दुई लाख अनुदानले घर बन्दैन, पाँच लाख दिनुपर्छ : बाबुराम


0
Shares

                                                               फाइल फोटो

गोरखा, साउन ३२ । गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएकामा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन् ।

‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तरक्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि रु दुई लाख रुपैयाँको सट्टा रु पाँच लाखकादरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिए ।

‘पचासथरिका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन’–गोरखा सदरमुकाममा मंगलबार भएको कार्यक्रममा भट्टराईले भने–‘रु पाँच लाखकादरले अनुदान दिने र न्यूनतम् ब्याजमा ऋण दिने व्यवस्था गरियो भनेमात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन् । सरकारले रु ५० हजारकादरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जगखन्न पनि पुग्दैन ।’

संसदबाट अधिकारसम्पन्न प्राधिकरण बनाउन सरकारलाई भट्टराईको सुझाव छ । रासस