Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


चुनाव प्रचारमा रोक लागेपछि मन्दिर पुगेर हनुमान चालिसा पाठ


0
Shares

लखनउ, वैशाख ३ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही नेतालाई निर्वाचन आयोगले चुनाव प्रचारमा निश्चित समयका लागि रोक लगाएको छ ।

चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आपत्तिजनक टिप्पणी गरेको, व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आयोगले मुख्यमन्त्री योगीसहित बहुजन समाजवादी पार्टीकी नेतृ मायावती, समाजवादी पार्टीका नेता आजम खान, केन्द्रीय मन्त्री तथा भारतीय जनता पार्टीकी नेतृ मेनका गान्धीमाथि चुनाव प्रचारमा अस्थायी रोक लगाएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि मंगलबार बिहान ६ बजेबाट लागू हुनेगरी ७२ घण्टाका लागि चुनाव प्रचारमा रोक लगाइएको हो । चुनाव प्रचारमा रोक लगाएपछि मंगलबार बिहानै मन्दिर पुगेर हनुमान चालिसा पाठ गरेका छन् ।

मन्दिरमा करिब १५ मिनेट बिताएका उनले मिडियासँग कुरा गरेनन् । (एजेन्सी)