Logo १६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026


नेवि संघमा समिता कर्णालीकै पहिलो महिला केन्द्रीय सदस्य


0
Shares

                                                            फाइल फोटो

जुम्ला, भदौ २ । नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनले समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिमा विगत २५ वर्षसम्म जुम्लाबाट कुनैपनि महिला वा पुरुष केन्द्रीय सदस्यमा नपुगेको अवस्थामा नेवि संघको ११औं महाधिवेशनले उनलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको नेपाली कांग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले जानकारी दिए ।

सिंजाका नमजंग हमाल र त्यसपछि नेपाली कांग्रेस जुम्लाका तत्कालीन सभापति भएका स्वर्गीय मानव सेजुवाल केन्द्रीय सदस्यमा निर्वाचित भएको २५ वर्षपछि शाहीलाई निर्वाचित गरेको उनले बताए ।

जुम्लाको अत्यन्तै विकट गाविस ताम्ती–८ टोप्ला गाउमा जन्मिएकी २२ वर्षीया शाहीले पिछडिएको क्षेत्रका लागि तोकिएको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन् । रासस