
काठमाडौं, भदौ ४ । अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले काला समुदायका मतदाताहरुसँग प्रत्यक्षरुपमा मत मागेका छन् ।
मिचिगनमा लगभग सबै गोरा जातिका दर्शकमाझ सम्बोधन गर्दै ट्रम्पले काला समुदायका मतदाता गरिबीमा बाँचिरहेको र उनीहरु पढ्ने विद्यालय पनि राम्रो नभएको बताए ।
काला समुदायका लागि डेमोक्रेट्स्ले केही गर्न नसकेको भन्दै आफूले अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले बेरोजगार काला युवकलाईभन्दा बरु शरणार्थीलाई काम दिने दाबी गर्दै काला जातिका बेरोजगार युवकहरु आफ्नै मुलुकमा शरणार्थी बनेको बताए ।
यता, क्लिन्टनले भने ट्रम्प बिचलित बनेको आरोप लगाएकी छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्