२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गोली लागेर घाइते भएको गैंडाको उद्धार


0
Shares

रौतहट, भदौ ५ । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित गैंडाटारस्थित चाँदी नदी नजिकको तिलेश्वर सामुदायिक वन उपभोक्ता समूहको जंगलमा चोरी शिकारीले गोली हानि घाईते बनाएको एक सिङे गैंडाको आइतबार बिहान उद्धार गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका डाक्टर पुरुषोत्तम पाण्डेको नेतृत्वमा रहेको सेनासहितको टोलीले उद्धार गरी गैंडालाई निकुञ्ज लगेको छ । गैंडालाई प्राविधिक टोलीले उपचार गर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत रामचन्द्र कडेलले जनाकारी दिए ।

गैंडाको टाउको र शरीरका विभिन्न भागमा गोली लागेको छ ।