
भक्तपुर, भदौ ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गरेकी छन् ।
सोमबार आफ्नी छोरीसँगै गएकी राष्ट्रपति भण्डारीले केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा करिब १५ मिनेट पूजा–अर्चना गरेकी थिइन् ।
हरेक वर्षको भदौ ६ गते मन्दिर परिसरका चारै ढोका खुल्ने गर्दछन् ।
केदारनाथको शिर घोषणा गरिएको दिन भाद्र ६, अक्षय तृतीया र महाशिवरात्रीको दिन डोलेश्वर महादेवको मन्दिरका ढोकाहरु भक्तजनहरुका लागि खोल्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्