
काठमाडौं, भदौ ७ । प्रधानन्यायाधीश सुशीला कार्कीले वकालत र राजनीति दुबैलाई पेशा बनाउँदा कानुन व्यवसायीको व्यवसायिक क्षमता खस्किएको बताएकी छन् ।
सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश कार्की र ११ जना नवनियुक्त न्यायाधीशहरु तथा महान्याधिवक्ताको सम्मानमा मंगलबार गरेको कार्यक्रममा उनले आफूलाई अभैmपनि वकालतप्रति मोह रहेको बताइन् ।
सो अवसरमा न्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकामा उत्पन्न हुने समस्या बार र बेन्च मिलेर समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले वकिल र न्यायाधीश दुबै भ्रष्ट हुँदै गएकोमा चिन्ता प्रकट गरे ।
प्रतिक्रिया दिनुहोस्