२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पौडी खेल्न गएका तीन बालिकाको डुबेर मृत्यु


0
Shares

सुनसरी, भदौ ८ । सुनसरीको अमडुवा गाविस–९ स्थित पोखरीमा डुबेर मंगलबार दिउँसो तीन बालिकाको मृत्यु भएको छ ।

स्थानीय जनता प्राथमिक विद्यालय नजिक रहेको पोखरीमा नुहाउन गएका बेला तीन बालिकाको डुबेर एकसाथ मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय सुन्दर ऋषिदेवको ९ वर्षीया छोरी करुणा ऋषिदेव, राजु ऋषिदेवको १० वर्षीया छोरी दिपीका ऋषिदेव र सोही ठाउँका रामु ऋषिदेवको ९ वर्षीया छोरी नन्दनी ऋषिदेव रहेका छन् ।

स्कुल बिदा भएको बेला नुहाउन गएको र निकै बेरसम्म फर्केर नआएपछि खाज्दै जाँदा उनीहरु मृत फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका हुन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरीको टोली खटिई कानूनी प्रकृया पुरा गरेको छ जनाइएको छ ।

त्यसैगरी सुनसरीकै अमाहिबेला–५ स्थित घमना खोलामा डुबेर मंगलबार बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी ९० बर्षीया हिरादेवी घिमिरे रहेकी छिन् । घर भन्दा अन्दाजी ८०० मिटर पूर्वमा रहेको उक्त खोलामा उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका हुन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरीको टोली खटिई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।