२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री दाहाललाई शुभकामना दिन बालुवाटारमा घुइँचो


0
Shares

काठमाडौं, भदौ ८ । विभिन्न पेशागत संघ–संगठनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर विभिन्न संघसंगठनका पदाधिकारीले दाहाललाई दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएकोमा सफल कार्यकालको शुभकामनासहित बधाई दिएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, अखिल नेपाल नाई महासंघ, पिछडा महासंघ, राष्ट्रिय अभिभावक संघ, पार्टी प्यालेस महासंघलगायतले प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

त्यसैगरी डडेल्धुरा, जाजरकोट, स्याङ्जा, बाजुरालगायतका जिल्लाबाट आएका पेशागत संघ–संगठनका प्रतिनिधिले पनि प्रधानमन्त्री दाहाललाई भेटेर बधाई दिएका छन् ।