
बर्दिया, भदौ १२ । वर्दियामा कृष्णसारको वासस्थान अतिक्रमणको चपेटामा परेको छ ।
२०२६ सालदेखि ऐलानी जग्गाका रुपमा बसोवास गर्दै आएका सुकुम्वासीहरुले घर टहरा निर्माण गर्दै खेतीपाती गर्न थालेपछि ६० हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो ।
सो क्षेत्रमा कृष्णसार संरक्षण क्षेत्र १६ दशमलव ९५ वर्गकिलोमिटर फैलिएको संरक्षण कार्यालयले जनाएको छ ।
कूल क्षेत्रफल मध्ये ५ दशमलव २७ वर्ग कि.मि. कृष्णसारको वासस्थान क्षेत्र रहेको प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम शर्माले जानकारी गराए ।
११ दशमलव ६८ वर्ग कि.मि.आवादी क्षेत्र हो । कृष्णसार संरक्षण क्षेत्रभित्र ९३ वटा घर पुरानो ऐलानी वस्ती र ४९ वटा घर सुकुम्वासी वस्ती गरी १ सय ४२ घर बनाइएको छ ।
२०२८ सालदेखि पुरानो वस्ती र २०४६ सालदेखि सुकुम्वासीले संरक्षण क्षेत्र अतिक्रमण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्