२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


शिक्षकले एक लाख रुपैयाँ पाउँदा शिक्षिकालाई १२ हजार !


0
Shares

काठमाडौं, भदौ १४ । २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनैमा व्यस्त हुन्छिन् धनमाया बानियाँ ।

रुनेलाई फकाउने, सिंगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ ।

संखुवासभाको खाँखीभुईं आछाम्बुस्थित धर्मदेवी आधारभूत विद्यालयमा तीन वर्षयता उनी यस्तै काममा कम्मर कसेर लागेकी छन् ।

धनमानयालेजस्तै जिल्लाका दुई सय ६८ महिला शिक्षक दैनिक एक सय ६८ रुपैयाँमा दिनभर काम गर्दै आएका छन् ।

यस्तो महँगीको समयमा पनि दैनिक एक सय रुपैयाँमा दिनभर बालबालिकालाई पढाउनुपर्ने बाध्यता धनमायाजस्ता महिलाको पनि छ ।

जिल्ला शिक्षा कार्यालयले सूचना नै जारी गरी आह्वान गरेपछि निवेदन दिएर छनोट भएका हुन् उनीहरु, तीन हजार रुपैयाँमा । उक्त विज्ञापनमा पुरुषहरुको आवेदन परेन ।

सँगै विद्यालयमा काम गर्नै शिक्षकले चौमासिक रुपमा एक लाखभन्दा बढी रकम लिने गरेको तर बालशिक्षिकाले भने चौमासिक १२ हजार रुपैयाँ लिनुपर्दा मन खल्लो हुने श्री आधारभूत विद्यालय पिङडाँडा चैनपुर ५ मा अध्यापनरत बालशिक्षिका रोजिना भण्डारी बताउँछिन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट