२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


एसिड हान्नेलाई कारवाही गर्न कानुनको माग गर्दै रिट


0
Shares

काठमाडौं, भदौ १४ । एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराधअन्तर्गत कारवाही गर्ने कानुनी व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

जुरी नेपालको तर्फबाट अधिवक्ता शशी बस्नेतले मुलुकी ऐनमा रहेको कुटपिट महलअन्तर्गत मुदा दायर हुने प्रक्रिया अन्त्य गर्दै नयाँ कानुन बनाउन परमादेश जारीप् हुनुपर्ने माग गर्दै रिट दर्ता गरेका हुन् ।

एसिड आक्रमणबाट अपांगता वा घाइते भएका तथा उनीहरुसँग आश्रित व्यक्तिको संरक्षण र आवासका लागि उपयुक्त कानुनी व्यवस्था गर्न पनि निवेदनमा माग गरिएको छ । –नागरिक दैनिकबाट