२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


चिनियाँ राष्ट्रपति दसैंमा नेपाल आउने


0
Shares

काठमाडौं, भदौ १७ । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान पर्व दसैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् ।

असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने प्रस्ताव पठाएका हुन् ।

असोज २२ गते फुलपाती, २३ गते महाअष्टमी र २४ गते महानवमी पर्छ ।

भारतको गोवामा हुने चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा राष्ट्रपति सीले नेपाल भ्रमण गर्न सक्ने एक मन्त्रीले बताए ।

भारतको गोवास्थित पणजीमा असोज २८ र २९ गते ब्रिक्स सम्मेलन हुँदैछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट