२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नारायणगढ–मुग्लिन सडकमा एकतर्फी यातायात संचालन


0
Shares

चितवन, भदौ १९ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चण्डीभञ्ज्याङको पाँच किलोस्थित चोरखोला भन्ने स्थानमा पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी रुपमा खुलाइएको छ ।

बिहान खसेको पहिरो हटाएर यातायात एकतर्फी रुपमा खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो खस्ने क्रम नरोकिएकाले दुईतर्फी रुपमा पहिरो हटाउन समस्या भएको हो । पहिरो हटाउन अझै ४/५ घण्टा लाग्ने प्रहरीको भनाइ छ ।

रातभरको अविरल वर्षाले पहिरो खसेको हो । तीनदिन यता वर्षा भएसँगै मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्ने गरेको छ ।