२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


दलाल मार्फत विदेशिने महिला बढे, चितवन ट्रान्जिट बन्दै


0
Shares

काठमाडौं, भदौ २१ । चितवन हुँदै दलालले भारत र अन्य मुलुकमा महिलालाई पुर्‍याउने क्रम बढेको छ ।

गैरकानुनी बाटो अपनाई विदेशिने महिलाको संख्या बढेको पाइएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार गोरखा, धादिङ, लमजुङ, नुवाकोट लगायतका चेलीलाई चितवनबाट दलाले भारत लैजाने गरेका छन् । ‘बाहिरी जिल्लाबाट फकाएर ल्याई यहाँ राखेर अनुकुलता हेरी बाहिर लैजाने गरेको पाइयो,’ कुँवरले भने, ‘चितवनलाई दलाले ट्रान्जिट प्वाइन्ट बनाएका छन् । त्यसलाई निष्तेज पार्ने अभियानमा जुटेका छौं ।’

दलालले भारत तथा खाडी मुलुकमा लैजान लागेका १ सय ३ महिलाको माइती नेपालले एक वर्षको अवधिमा उद्धार गरेको छ । उनीहरुमध्ये अधिकांश चितवन जिल्लाका छन् । –कान्तिपुर दैनिकबाट