काठमाडौं, चैत २८ । विकिलिक्सका संस्थापक जुलिएन असान्ज लन्डनमा पक्राउ परेका छन् ।
लन्डनस्थित इक्वेडरको दूतावासबाट उनलाई पक्राउ गरिएको हो । असान्ज सन् २०१२ देखि इक्वेडरको दूतावासमा शरण लिइरहेका थिए ।
बेलायती अदालतले आत्मसमर्पण गर्न दिएको आदेश उनले अस्वीकार गरेकाले उनलाई पक्राउ गरिएको बेलायत सरकारले जनाएको छ ।
गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि बाह्य सम्पर्कका लागि इन्टरनेट वा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
सन् २०१२ मा एकजना बेलायती न्यायाधीशले स्वीडेन सुपुर्दगी गर्न आदेश दिएलगत्तै उनले इक्वेडरको दूतावासमा शरण लिएका थिए । उनीमाथि स्वीडेनमा यौनशोषणको आरोप लागेको छ ।
असान्जले भने आरोप राजनीतिक प्रेरित रहेको दाबी गर्दै आएका छन् ।
सन् २०१० मा गोप्य अमेरिकी सैनिक दस्तावेज र कूटनीतिक सन्चारको प्रकाशन गरेका कारण आफूलाई स्वीडेनले अमेरिका सुपुर्दगी गर्ने असान्जेको आशंका थियो । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्