
-जितेन्द्र भण्डारी, ईमेज
पाँचथर, भदौ २२ । पाँचथर सदरमुकाम आसपासमा सञ्चालित ईंटा उद्योगले वातावरणीय प्रदूषण बढाएको भन्दै त्यस्ता भट्टा विस्थापित गर्न स्थानीयले माग गरेका छन् ।
वस्तीभित्रै सञ्चालित इँटा भट्टाले सर्वसाधारणको स्वास्थ्यमा समेत गम्भीर समस्या निम्त्याएको सर्वसाधारणको भनाइ छ ।
पाँचथरको सदरमुकाम फिदिम नगरपालिका क्षेत्रमा अब्यबस्थित तरिकाले इटा उद्योग संचालन हुंदै आएका छन् । जिल्लामा रहेका आठवटा ईंटा उद्योग फिदिम नगरपालिका क्षेत्र भित्रको घना बस्ती, बिद्यालय र वन क्षेत्र भित्र संचालन हुंदै आएका छन् ।
भिएसबिके प्रबिधिबाट ईंटा उद्योग संचालन गर्न अनुमति पाएका आठ उद्योग मध्ये छ वटा उद्योगले अहिलेसम्म भि.एस.बि.के. बिधिमा भट्टी संचालन गर्न सकेका छैनन् ।
यसरी संचालन हुने उद्योगबाट उत्सर्जन हुने धुवाँ र धुलोले वातावरण र स्वास्थ्यमा प्रतक्ष्य असर परेको भन्दै उद्योग स्थानान्तरण गर्न स्थानीयबासीहरुको माग छ ।
इटा उद्योग संचालन गर्न औद्योगीक ऐन २०४९ मान्युनतम बस्ती, बिद्यालय र बन क्षेत्र भन्दा पाँच सय मिटर टाढा रहनु पर्ने प्रावधान छ ।
इटा उद्योगका संचालक गोबिन्द गुरुङले भने चाडै भि.एस.बि.के.प्रबिधिको उद्योग बनाएर इटा संचालन गर्नेे बताएका छन् ।
इटा उद्योग मध्ये समथिङ इटा र मनिष इटा उद्योग भि.एस.बि.के प्रबिधिमा संचालन गरिएका छन् । तर ति भट्टि बिद्यालय र वन क्षेत्रभित्रै रहेका छन् ।
सागर इटा उद्योग वन क्षेत्रमा रहेको छ भने दिपक, एम, शिबकला, यु.एन. र युवामजदुर इटा उद्योग घना बस्तीमा रहेका छन् ।
यी इटा उद्योग मापदण्ड बिपरीत रहेको पाइए कारवाही हुने पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाको भनाइ छ ।
२०५० सालबाट पाँचथरमा इटा उद्योग संचालन हुदै आएका छन् । यहाँको इटा इलाम र ताप्लेजुङ जिल्लासम्म पु¥याइने गरेको छ ।
जिल्लाको इटा उद्योगबाट राजस्व संकलनमा भने बृद्धि भएको घरेलु तथा साना बिकास समितिका अधिकृत लक्ष्मी प्रसाद दाहाले जानकारी दिए ।
सरकारी निकायमले न्युतम् मापदण्ड पनि नहेरी उद्योग स्थापना गर्न दिने र नियमित अनुगमन भएका कारण पाँचथरमा संचालनमा रहेका इटा उद्योगहरु समाधान भन्दा पनि समस्या बन्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्