
सुर्खेत, चैत २७ । कर्णाली प्रदेश सरकारले २०७१ सालका बाढीपीडितलाई प्रतिपरिवार तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
सुर्खेतका एक हजार ४५ बाढीपीडित तथा अन्य जिल्लाका बाढीपीडितलाई छानोमुनि ल्याउनका लागि बजेट दिने निर्णय गरिएको जनाइएको छ ।
स्थानीय तहसँग समन्वय गरेर जग्गा भएकाहरूलाई किस्तामा रकम दिने र नभएकाहरूको हकमा नमुना एकीकृत बस्तीकारुपमा विकास गरिने निर्णय पनि गरिएको छ ।
यस्तै, असिनापीडितहरुलाई राहतस्वरूप दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।
सुर्खेत, दैलेखलगायतका जिल्लामा असिनापानीले बालीमा ठूलो क्षति पुर्याएको भन्दै १५ दिनभित्र लगत संकलन गरी राहत उपलब्ध गराइनेछ ।
प्रतिक्रिया दिनुहोस्