३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


प्रधानमन्त्रीलाई महतोले बुझाएको ज्ञापनपत्रमा के छ ?


0
Shares

काठमाडौं, भदौ २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको प्रमुख कार्यसूची आपसी हित र सम्बन्ध सुधार नै रहेको बताएका छन् ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शुक्रबार बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले जनता र राष्ट्रको हितमा दिइने जुनसुकै सुझावलाई पनि आफूले गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने बताए ।

प्रधानमन्त्रीले भने–‘मुलुक र जनताको हितमा हुने र दिइने सुझावलाई सरकारले गम्भीरतापूर्वक लिन्छ र त्यसलाई कार्यान्वयन गरिन्छ ।’

पार्टीले नेपाल र भारतबीच चिसिएको सम्बन्धलाई सुधार गर्न, आर्थिक, सामाजिक, शैक्षिकरुपले पछाडि पारिएका मधेसी युवालाई क्षमता विकास कार्यक्रम लागू गरी कार्यान्वयन गर्न, हुलाकी राजमार्ग, काठमाडौं–तराई–मधेस द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्गलगायत राष्ट्रिय महत्वका परियोजना तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाएपछि सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक भेटघाटमामात्र सीमित नभएर नेपालको हितमा हुनुपर्ने र यसले लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने विश्वास लिइएको बताए । रासस