२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


ढलानको काम गर्दै स्वर्ण पदक विजेता खेलाडी


0
Shares

काठमाडौं, भदौ २६ । स्वयम्भू क्षेत्रमा सोमबहादुर सुनुवारको परिचय घर ढलान गर्ने मजदुरका रुपमा छ । उनले यो काम गरेको १४ बर्ष भयो ।

पिताको निधनपछि काठमाडौंमा बाँच्नका लागि उनले के मात्र गरेनन–होटलमा जुठो पुछे, भाडा माझे । विहान ३ देखि राति ११ बजेसम्म लगातार जुठा भाडामा दलिनुपर्दा आजित बनेपछि उनी ढलान मजदुरका रुपमा काम गर्न थाले ।

तर उनी स्वर्ण विजेता खेलाडी हुन् । मैनपुर–६ उदयपुरका ३२ बर्षीय उनले गत अगस्ट ६ देखि ७ सम्म भारतको गुजरातमा भएको ‘प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिप इन्डिया २०१६’ मा नेपाललाई स्वर्ण दिलाए ।

भारतीय पारा तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगिताको ‘क ४२’ क्याटगोरीअन्तर्गत पुरुष ५५ किलोमा उनले स्वर्ण जितेका थिए ।

जिरी–९ दोलखाका ३१ बर्षीय नवराज कार्की पनि ‘प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिप इन्डिया २०१६’ कै रजतपदक विजेता हुन् ।

उनी पनि १६ बर्षदेखि घर ढलानको मजदुरी गर्छन् । उनीहरु एकै ठाउँमा घर ढलानको काम गर्छन् ।
लीला श्रेष्ठ, कान्तिपुर दैनिकबाट