
काठमाडौं, भदौ २६ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज भारत जाँदै छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबारबाट हुने भारत भ्रमणको एजेन्डालाई अन्तिम रुप दिन परराष्ट्रमन्त्री डा. महत आज नयाँदिल्ली जान लागेका हुन् ।
प्रधानमन्त्री दाहालको भ्रमण एजेन्डाबारे परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहे पनि कतिपय महत्वपूर्ण एजेन्डालाई कसरी अगाडि बढाउने भन्ने टुंगो लगाउन परराष्ट्रमन्त्री जान लागेका हुन् ।
परराष्ट्रमन्त्री डा. महतले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसैगरी उर्जा, जलस्रोतलगायत अन्य क्षेत्रका एजेन्डालाई टुंगो लगाउन महतले अन्य विभिन्न मन्त्रीहरुसँग्समेत छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री महतले प्रधानमन्त्रीको भ्रमणमा नेपालले उठाउने तथा भ्रमणपछि संयुक्त वक्तव्यमा राख्ने विषयलाई अन्तिम रुप दिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्