
काठमाडौं, भदौ २६ । भारत भ्रमण जानुपूर्प प्रधानमन्त्री पुष्पकमल दाहाललाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ओलीले बिशेष गरेर प्रधानमन्त्री दाहाललाई आफ्नो कार्यकालमा भएको सहमति र सम्झौताहरुको राष्ट्रिय हित अनुकुल हुने गरी अघि बढाउन भनेका छन् ।
प्रधानमन्त्रीको तर्फबाट हुने भ्रमणका बारेमा देशका प्रमुख राजनीतिक दलहरुका बीच छलफल गर्ने परम्पराको अुनशरण नगरिएको उल्लेख गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
दुई पक्षीय छलफलका क्रममा उठ्न सक्ने विषयहरुमा नेपालको राष्ट्रिय हित र स्वाभीमान अनुरुप नै नेपाल सरकारको दृष्टिकोण र अडान भ्रमणका क्रममा प्रस्तुत हुने ओलीले अपेक्षा गरेका छन् ।
उनको ध्यानाकर्षण पत्रमा नेपाल–भारत र नेपाल–चीनका बीच सम्झौताहरु भएकाले ति सम्झौताहरुलाई मुलुकको हितमा अघि बढाउन भनेका छन् । साथै सन् १९५०को सन्धी बारे स्पष्ट बिचार राख्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्