
काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन आगामी भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
महिला संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
महाधिवेशनको उद्घाटन यही भदौ २९ गते भृकुटीमण्डपमा हुने तय भएको छ भने नयाँ नेतृत्वका लागि भदौ ३१ गते राष्ट्रिय सभागृहमा मतदान हुने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा देशभरका २२ सय महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्