१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अंगीकृतलाई रैथानेसरह अधिकार नदिन र हिन्दी भाषालाई मान्यता नदिन चुरेभावरको माग


0
Shares

काठमाडौं, भदौ २६ । चुरेभावर राष्ट्रिय एकता पार्टीले अंगीकृत नागरिकता लिएकाहरुलाई पनि रैथानेसरह अधिकार दिने र भाषाको नाममा हिन्दीलाई मान्यता दिने गरी संविधान संशोधन नगर्न चेतावनी दिएको छ ।

साथै जनसंख्याको आधारमा राष्ट्रिय सभालाई जातीय सभा बनाउने षडयन्त्र भईरहेको भन्दै सो पार्टीले आपत्ति समेत जनाएको छ ।

चुरेभावरका अध्यक्ष बद्रिप्रसाद न्यौपानेले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी मधेसी मोर्चालाई मनाउने नाममा सिंगो तराईलाई दुई प्रदेशमा सीमित गर्ने योजना आफूहरुलाई कुनै हालतमा मान्य नहुने बताए ।

जबर्जस्ती गरी निर्णय लाद्न खोजिए सशक्त प्रतिकार गर्ने पनि उनले चेतावनी दिए । सो पार्टीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा फास्ट ट्रयाक भारतलाई दिने र नौमुरे जलविद्युत आयोजना जस्तो राष्ट्रघाती काम अघि बढाउने निर्णय नगर्न पनि सुझाव दिएको छ ।