
काठमाडौं, भदौ २७ । संयुक्त विद्यार्थी संगठनले भारत भ्रमणका क्रममा राष्ट्रहित विपरित सम्झौता नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।
संयुक्त विद्यार्थी संगठनको सोमबार बसेको बैठकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा राष्ट्रहित विपरित कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिइन् ।
बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल गर्न माग गरेको छ ।
त्यसैगरी बैठकले दसैं, तिहार र छठलगायतका पर्व नजिकिँदै गर्दा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्