
काठमाडौं, भदौ २८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले तिहारलगत्तै दुईदिने नेपाल भ्रमण गर्ने निश्चितप्रायः भएको छ ।
स्रोतका अनुसार मुखर्जीले कार्तिक १८ देखि नेपालको दुईदिने राजकीय भ्रमण गर्नेछन् । यसअघि अन्तिम निर्णय भने प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबारदेखि हुने भारत भ्रमणका बेला हुने छ ।
हाल भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रशाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको भेटघाटमा यस विषयमा छलफल भएको थियो ।
आगामी कार्तिक १६ मा मुखर्जीले नेपाल भ्रमण गर्ने भारत सरकारले प्रस्ताव गरेको भए पनि उक्त दिन भाइटिका परेकाले दुई दिन सार्ने सहमति भएको उच्च स्रोतले जनायो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको विषयमा समेत गृहकार्य अगाडि बढाउने सहमति भएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्