४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


मोर्चाले उठाएको माग सम्बोधन गर्न सरकार गम्भीर भएन् : अध्यक्ष यादव


0
Shares

विराटनगर, भदौ २८ । संघीय लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार मधेसी मोर्चाले उठाएको माग सम्बोधन गर्न गम्भीर नबनेको आरोप लगाएका छन् ।

विराटनगरमा संचारकर्मीसँग अध्यक्ष यादवले संविधान संशोधनमार्फत मधेसका समस्या समाधान गर्ने भनिएपनि सरकार गठन भएको लामो समयसम्म पनि संशोधन प्रस्ताव संसदमा पेस नगरेकोले सरकार यस विषयमा गम्भिर नदेखिएको बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भम्रण जानु अगावै संविधान संशोधानको प्रस्ताव संसदमा लानुपर्ने बताए ।

प्रचण्डको भारत भम्रणपछि पनि संशोधन प्रस्ताव संसदमा पेश नगरिए मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारलाई वटनलाईन दिने पनि बताए ।