
भक्तपुर, भदौ २८ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन नभइ संविधान कार्यान्वयन हुनै नसक्ने दाबी गरेका छन् ।
रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको कार्यक्रममा उनले संविधान संशोधन नगरे अबको १० महिनामै संविधानको अस्थित्व सकिने जिकिर गरे ।
मधेसको माग पूरा नगरी निर्वाचन गर्ने कुरा हल्लामात्रै हो भन्दै कर्णले सीमांकन विवाद समाधान गर्न उत्तर–दक्षिण मिलाएर जानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्