४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


केही व्यक्तिको रहर पूरा गरिदिन संविधान संशोधन गर्न सकिँदैन : नेपाल


0
Shares

विराटनगर, भदौ २९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केही व्यक्तिको रहर पूरा गरिदिन सबैले मानिसकेको संविधान संशोधन गर्न नसकिने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले ‘संविधान सहमतिको दस्तावेज भएपनि दुई/चारजनाको चाहना पूरा गराउन संशोधन गर्न सकिँदैन’–भने ।

संविधान संशोधान गर्नु नै पर्ने अवस्थामा त्यसको औचित्य पुष्टि हुनुपर्ने उनको भनाइ थियो ।