
काठमाडौं, भदौ २९ । एनएमबी बैंकले ‘एक कर एक खाता’ योजनाको प्रबद्र्धकदूतमा नायक राजेश हमाललाई नियुक्त गरेको छ ।
बैंकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ग्रामिण क्षेत्रमा लक्षित एक घर एक खाता योजना सन्चालनमा ल्याएको र प्रबद्र्धकदूत नियुक्त गरिएकोबारे जानकारी गराएको हो ।
यो अभियानले बैंकिङ सेवा देशव्यापी बनाउने, वित्तिय प्रणालीबाटै कारोबार गर्ने, वित्तीय साक्षरता बढ्ने एवं बचत गर्ने बानी बस्ने विश्वास बैंकको रहेको जनाइएको छ ।
नेपालीको बैंकमा खाता तथा सरल वित्तीय पहुँच पुर्याउने उद्देश्यले योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बताए ।
प्रतिक्रिया दिनुहोस्