
काठमाडौं, भदौ ३० । नेपाल महिला संघको राजधानीमा जारी तेस्रो महाविधेशनको दोस्रो दिन विहीबार बन्दसत्र चलिरहेको छ ।
राजधानीको भृकुटीमन्डमा जारी बन्दसत्रमा विहीबार अध्यक्ष डा. डिला संग्रौलाले पेस गरेको राजनीतिक प्रस्ताव तथा केन्द्रीय सदस्य उर्मिला थापामगरले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भैरहेको छ ।
छलफलकाक्रममा बोल्ने अधिकांश महिला प्रतिनिधिहरुले अझैपनि राज्यका हरेक निकायमा महिला प्रतिनिधित्व ३३ प्रतिशत हुन नसकेको गुनासो गरेका छन् ।
यस्तै, ग्रामीण क्षेत्रका महिलाको आर्थिक अवस्था, उनीहरुको प्रजनन् अधिकार तथा कतिपय जिल्लामा अझैपनि महिलामाथि विभिन्नखाले हिंसा भैरहेको भन्दै त्यसलाई निर्मूल पार्नका लागि सक्रियरुपमा अघि बढ्नुर्नेमा जोड दिए ।
बन्दसत्रमा बोल्ने प्रतिनिधिहरुले महिलाको नाममा नागरिकता, छाउपडी, बादीजस्ता समस्याको समाधान खोज्न सुझाव दिएको अध्यक्ष डा. डिला संग्रौलाले जानकारी दिइन् ।
नयाँ नेतृत्वका लागि शुक्रबार मतदान हुने कार्यक्रम रहेको छ । नेतृत्वका लागि मीना पाण्डे र उमा रेग्मी मैदानमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्