
विराटनगर, भदौ ३० । मोरङमा आधादर्जन औषधि पसलमा सिलबन्दी गरिएको छ ।
औषधि पसलहरुको अनुगमनकाक्रममा कैफियत भेटिएसँगै ती पसलहरुमा सिलबन्दी गरिएको हो ।
बजारमा मिति गुज्रिएका ओषधि बिक्री गर्ने एवं दर्ता नगरी औषधि पसल सन्चालन गर्ने गरेको गुनासो बढेपछि औषधि पसलहरुको अनुगमन गरिएको छ ।
औषधि व्यवस्था कार्यालयको नेतृत्वमा विहीबार विराटनगरमा गरिएको बजार अनुगमनकाक्रममा ठूलो परिमाणमा मिति गुज्रिएका ओषधि जफत् गरिएको छ ।
एकदर्जन बढी औषधि पसलमा अनुगमन गर्दा धेरै पसलमा मिति गुज्रिएको औषधि पाइएको क्षेत्रीय औषधि व्यवस्था कार्यालय विराटनगरका प्रमुख शम्भु साहले बताए ।
अधिकांश पसलले प्रमाणपत्र नै नलिएको र प्रमाणपत्र लिएको औषधि पसलमा पनि अनधिकृत व्यक्तिले औषधि बेचेको पाइएपछि आधादर्जन औषधि पसल तालाबन्दी गरी कारबाही अगाडि बढाइएको हो ।
प्रतिक्रिया दिनुहोस्