
काठमाडौं, भदौ ३१ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भ्रमणको दोस्रो दिन शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक स्वागत गरेका छन् ।
भारतीय राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री दाहाललाई शुक्रबार बिहान राजकीय सम्मान दिइएको हो । यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले दाहाललाई औपचारिक रुपमा स्वागत गरेका थिए ।
दाहाल र मोदीबीच आजै भेटवार्ता हुने कार्यक्रम छ ।
(तस्वीर सौजन्य : भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपको ट्वीटरबाट)
प्रतिक्रिया दिनुहोस्