Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


छोराले गरे ७१ वर्षीया आमाको ‘हत्या’


0
Shares

गुल्मी, असोज ७ । बृद्ध आमाको हत्या गरी फरार भएका दिब्रुङ गाविस– २ दहका ४१ वर्षीय वीरबहादुर काउचालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीया आमा मोती काउचालाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले वीरबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।

प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शान्तिपुरबाट खटिएको प्रहरी टोलीले स्थानीयको गोठमा लुकेर बसेको अवस्थामा काउचालाई पक्राउ गरेको छ ।

हत्या अभियोगमा पक्राउ परेका काउचालाई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय तम्घास पुर्‍याइएको छ ।

घटनाका सम्बन्धमा विस्तृत् अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस